Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

पठाओ नेपालबाट बाहिरिए प्रबन्ध निर्देशक बस्न्यात

पठाओ नेपालबाट बाहिरिए प्रबन्ध निर्देशक बस्न्यात

आर्थिक पत्र
बुधवार, बैशाख २३ २०८३
  • राइड–सेयरिङ कम्पनी पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात बाहिरिएका छन्।बस्न्यात आइतबारदेखि पठाओ नेपालका प्रबन्ध निर्देशकबाट बाहिरिएको कम्पनीका प्रवक्ता सुरक्षा हमालले  जानकारी दिइन्।सन् २०१८ मा सञ्चालनमा आएको पठाओ नेपालले नेपालमा राइड–सेयरिङ सेवाको नयाँ संस्कृतिको स्थापना गरेको मानिन्छ।

    प्रारम्भिक चरणमा नियामकीय अस्पष्टता, बजारको अविश्वास र पूर्वाधारको अभावजस्ता चुनौतीकाबीच बस्न्यातको नेतृत्वले कम्पनीलाई अघि बढाएको थियो।उनको नेतृत्वमा पठाओले केवल सेवा विस्तार मात्र गरेन, सहरी जीवनशैलीमै परिवर्तन ल्याउने गरी राइड–सेयरिङ प्रयोगको बानी बसाल्यो। यसको जस बस्न्यातको नेतृत्वलाई नै जान्छ।हाल पठाओ नेपाल काठमाडौं उपत्यका र देशका सातै प्रदेशमा सञ्चालनमा छ।

    यसले हजारौं चालक साझेदारलाई रोजगारी तथा आम्दानीको अवसर उपलब्ध गराएको छ, जसले अर्थतन्त्रको विस्तारमा समेत योगदान पुर्‍याएको छ।पछिल्लो समय कम्पनी बहुआयामिक सेवातर्फ विस्तार हुँदै गएको छ।अब यो केवल सवारी सेवा मात्र नभई लामो दूरीका सवारी बुकिङ, सहरबीचको आवतजावत सेवा, खाना डेलिभरी, नेपाल भर पार्सल डेलिभरी र बजार प्लेटफर्मजस्ता सुविधासहित एकीकृत डिजिटल सेवा केन्द्रका रूपमा विकास हुँदै गएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार