Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

रिलायबल नेपाल लाइफद्वारा २०० विद्यार्थीको निःशुल्क आँखा परीक्षण

रिलायबल नेपाल लाइफद्वारा २०० विद्यार्थीको निःशुल्क आँखा परीक्षण

आर्थिक पत्र
बुधवार, बैशाख २३ २०८३
  • काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आयोजना गरेको विद्यार्थीहरूका लागि विशेष निःशुल्क आँखा परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

    राम माध्यमिक विद्यालय बगनासकालीमा सञ्चालन गरिएको उक्त शिविरमा करिब २०० जना विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफ्नो दृष्टि अवस्था जाँच गराउनुका साथै आवश्यक स्वास्थ्य सल्लाह समेत प्राप्त गरेका थिए।

    कार्यक्रममा बोल्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स पाल्पा शाखा प्रमुख सुवास गैरेले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तर अगाडि बढाइने बताए।

    त्यसैगरी, सामाजिक अभियान्ता सुशिल बस्याल “राष्ट्रप्रेमीले स्वस्थ दृष्टि नै उज्ज्वल भविष्यको आधार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे।

    कार्यक्रममा समाजसेवी गोपाल बस्यालले यस्ता कार्यक्रमले ठूलो अर्थ राख्ने कुरालाई जोड दिदैँ कार्यक्रम आयोजकलाई धन्यवाद दिए। त्यस्तै राम माध्यमिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यालय व्यवस्थापन समितिले यस्ता उपयोगी कार्यक्रमहरू आगामी दिनमा समेत निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

    “स्वस्थ दृष्टि, उज्ज्वल भविष्य” भन्ने मूल नारासहित सञ्चालन गरिएको उक्त शिविरले विद्यार्थीहरूमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छन्।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार