Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपालमा सुशासन र भ्रष्टाचारसम्बन्धी आईएमएफ टोलीको अध्ययन सम्पन्न

नेपालमा सुशासन र भ्रष्टाचारसम्बन्धी आईएमएफ टोलीको अध्ययन सम्पन्न

आर्थिक पत्र
सोमवार, बैशाख २८ २०८३
  • काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एक टोलीले नेपालको सुशासन, भ्रष्टाचार जोखिम र आर्थिक संरचनासम्बन्धी अध्ययन (गभर्नेन्स एन्ड करप्सन डायग्नोस्टिक–जीसीडी) सम्पन्न गरेको छ ।

    नेपाल सरकारको अनुरोधमा आईएमएफको क्षमता विकास टोलीका प्रमुख जोनाथन पाम्पोलिनाको नेतृत्वमा टोलीले अप्रिल २० देखि मे ६ सम्म काठमाडौं र वीरगञ्जमा अध्ययन तथा छलफल गरेको हो ।

    यो अध्ययनले नेपालका आर्थिक नीतिगत संरचना, सार्वजनिक वित्त व्यवस्थापन, कर–भन्सार प्रशासन, वित्तीय क्षेत्रको नियमन, सार्वजनिक खरिद प्रणाली तथा राज्यस्वामित्वका संस्थाहरूमा रहेका सुशासन र भ्रष्टाचार जोखिमको विश्लेषण गरेको आईएमएफले जनाएको छ ।

    यसअघि जनवरीमा गरिएको प्रारम्भिक अध्ययनपछि विस्तृत रूपमा गरिएको यो दोस्रो चरणको कामले नेपालमा आर्थिक स्थिरता, लगानी वातावरण र दिगो विकासमा बाधा पुर्‍याउने नीतिगत कमजोरी पहिचान गर्ने उद्देश्य राखेको थियो ।

    आईएमएफका अनुसार अध्ययनका क्रममा सरकारी निकाय, नियामक संस्था, निजी क्षेत्र, नागरिक समाज, विज्ञ समूह तथा विकास साझेदारहरूसँग विस्तृत छलफल गरिएको थियो।

    टोलीले नेपालमा भ्रष्टाचार नियन्त्रण, पारदर्शिता अभिवृद्धि र सार्वजनिक संस्थाप्रति जनविश्वास बढाउन आवश्यक सुधारका क्षेत्र पहिचान गरेको जनाएको छ ।

    आईएमएफले तयार पार्ने प्रारम्भिक प्रतिवेदन आगामी महिनाहरूमा नेपाल सरकारलाई सुझावका लागि पठाइनेछ भने अन्तिम प्रतिवेदन सरकारको सहमतिपछि सार्वजनिक गरिनेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार