Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

मेटलाइफ र खल्तीबीच साझेदारी, ‘सुरक्षा ३६०’ डिजिटल बीमा योजना सार्वजनिक

मेटलाइफ र खल्तीबीच साझेदारी, ‘सुरक्षा ३६०’ डिजिटल बीमा योजना सार्वजनिक

आर्थिक पत्र
मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौं । मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’ नामक डिजिटल बीमा योजना सुरु गरेका छन्। खल्ती एपमार्फत उपलब्ध हुने यो योजना जीवन र स्वास्थ्य सुरक्षालाई पूर्ण रूपमा डिजिटल, छिटो र सरल बनाउने उद्देश्यसहित ल्याइएको हो।

    नयाँ योजनाअनुसार प्रयोगकर्ताले केही आधारभूत व्यक्तिगत विवरण भरेर केही मिनेटमै बीमा खरिद गर्न सक्नेछन्। जटिल कागजी प्रक्रिया र लामो समय लाग्ने परम्परागत बीमा प्रक्रियालाई डिजिटल माध्यमबाट प्रतिस्थापन गर्ने लक्ष्य लिइएको कम्पनीहरूले जनाएका छन्।

    ‘सुरक्षा ३६०’ योजनाले जीवन बीमा, दुर्घटनाजन्य मृत्यु तथा स्थायी अशक्तता, गम्भीर रोग सुरक्षा र दुर्घटनाबाट हुने उपचार खर्चजस्ता प्रमुख जोखिमलाई एउटै प्याकेजमा समेटेको छ। यसले अलग–अलग बीमा व्यवस्थापन गर्नुपर्ने झन्झट घटाउने कम्पनीहरूको दाबी छ।

    यो योजना सिल्वर, गोल्ड र प्लाटिनम गरी तीन प्याकेजमा उपलब्ध छ। ग्राहकले आफ्नो आवश्यकता र क्षमताअनुसार योजना छनोट गर्न सक्नेछन्। योजनाअन्तर्गत करिब २३ लाखदेखि ४६ लाख रुपैयाँसम्मको बीमा सुरक्षण उपलब्ध छ भने वार्षिक बीमाशुल्क ३,८१० रुपैयाँबाट सुरु हुन्छ।

    मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुणबहादुर बस्नेतले डिजिटल बीमाले ग्राहकलाई सहज पहुँच र वित्तीय सुरक्षाप्रति सचेत बनाउन मद्दत गर्ने बताए। उनका अनुसार, “बीमा सेवालाई सरल बनाउँदै धेरै नेपालीलाई वित्तीय सुरक्षा पहुँचमा ल्याउनु हाम्रो लक्ष्य हो।”

    खल्ती सुरक्षाले डिजिटल प्रविधिमार्फत बीमा सेवा सरल, छरितो र किफायती बनाउने उद्देश्यसहित काम गर्दै आएको जनाएको छ। खल्ती एपमार्फत प्रयोगकर्ताले बीमा योजना हेर्न, तुलना गर्न र तुरुन्त खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार