काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।
आजको बैठकमा सरकारको आर्थिक वर्ष २०८३।०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची रहेको छ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ले सोमबार राष्ट्रपति रामचन्द्र पौडेल द्वारा संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।
संसद्मा नीति तथा कार्यक्रममाथि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू समेत प्रस्तुत गरिनेछ । त्यसपछि नीति तथा कार्यक्रमका विभिन्न पक्षबारे छलफल हुने कार्यसूची तय गरिएको छ ।
त्यसैगरी, छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।


