Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

नीति तथा कार्यक्रममाथि आज संसद्मा छलफल, जवाफ दिँदै प्रधानमन्त्री शाह

नीति तथा कार्यक्रममाथि आज संसद्मा छलफल, जवाफ दिँदै प्रधानमन्त्री शाह

आर्थिक पत्र
बुधवार, बैशाख ३० २०८३
  • काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।

    images

    आजको बैठकमा सरकारको आर्थिक वर्ष २०८३।०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची रहेको छ ।

    बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ले सोमबार राष्ट्रपति रामचन्द्र पौडेल द्वारा संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

    संसद्मा नीति तथा कार्यक्रममाथि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू समेत प्रस्तुत गरिनेछ । त्यसपछि नीति तथा कार्यक्रमका विभिन्न पक्षबारे छलफल हुने कार्यसूची तय गरिएको छ ।

    त्यसैगरी, छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

    Samsad-1778632706.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार