Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

मन्त्रिपरिषद् बैठकका ४ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका ४ निर्णय सार्वजनिक

आर्थिक पत्र
बुधवार, बैशाख ३० २०८३
  • काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका चार वटा मुख्य निर्णय सार्वजनिक गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरिएको जानकारी दिए ।उनका अनुसार बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधनलाई पनि स्वीकृति दिएको छ ।

    त्यस्तै, सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरिएको मन्त्री तिमल्सिनाले बताए ।बैठकले भूमि सम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ लाई समेत स्वीकृत गरेको उनले जानकारी दिए 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार