काठमाडौं । बन्दिपुर केबल कार एण्ड टुरिजम् लिमिटेड र प्राइम कमर्सियल बैँक लिमिटेड बिच ग्राहक तथा कर्मचारी लाई बिशेष छुट दिन समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतामा प्राइम कमर्सियल बैँक ठाँटीपोखरी शाखा, गोरखा का शाखा प्रवन्धक दिनेश कुमार श्रेष्ठ एवं बन्दिपुर-०४, डुम्रे, तनहुँ स्थित बन्दिपुर केबल कार एण्ड टुरिजम् लिमिटेड का प्रमुख कार्यकारी अधिकृत रोमन मान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंक का ग्राहक तथा कर्मचारी ले बन्दिपुर केबल कार एण्ड टुरिजम लिमिटेड मतहातमा रहेका केबल कार, स्काई साइक्लिङ र ड्राइभ् इन रेस्ट्रो मा सेवा—सुबिधाहरु लिएबापत बिल भुक्तानीमा १३% सम्म छुट पाउनेछन् ।
यस सेवा सुबिधा प्राप्त गर्न ग्राहकहरुले बैँकको डेबिट कार्ड-क्रेडिट कार्ड वा मोबाइल बैँकिङ्ग द्वारा बिल भुक्तानी गर्नुपर्नेछ र प्राइम बैँकका कर्मचारीले कर्मचारी परिचय पत्र अनिवार्य देखाउनुपर्नेछ ।

