Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

हुलास फिनसर्भको नाफा ६५ प्रतिशतले बढ्यो, कर्जा लगानी १० अर्ब पुग्यो

हुलास फिनसर्भको नाफा ६५ प्रतिशतले बढ्यो, कर्जा लगानी १० अर्ब पुग्यो

आर्थिक पत्र
बिहिवार, बैशाख ३१ २०८३
  • काठमाडाैं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो नाफा र व्यवसायमा उल्लेख्य सुधार भएको जनाएको छ।

    कम्पनीले प्रकाशन गरेको अन्तरिम वित्तीय प्रतिवेदनअनुसार समीक्षा अवधिसम्म २४ करोड १३ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६५.३५ प्रतिशतको उत्साहजनक वृद्धि हो।

    व्यवसायिक विस्तार र प्रभावकारी कर्जा असुली व्यवस्थापनका कारण कम्पनीको कुल कर्जा पोर्टफोलियो १० अर्ब रुपैयाँ पुगेको छ, जसले व्यवसायको आकारमा ७५.१० प्रतिशतको बढोत्तरी देखाउँछ।

    कर्जा लगानीमा ठूलो वृद्धि भए पनि कम्पनीले आफ्नो सम्पत्तिको गुणस्तरमा सुधार ल्याउन सफल भएको छ। सशक्त रिकभरी रणनीतिका कारण निष्कृय कर्जा (NPL) अनुपात ४.२२ प्रतिशतबाट घटेर २.९४ प्रतिशतमा झरेको कम्पनीले उल्लेख गरेको छ।

    साविकको हुलास फिन सर्भ लिमिटेडबाट नाम परिवर्तन गरी हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड बनेको यस संस्थाले आगामी दिनमा पनि सन्तुलित र दिगो व्यवसायिक वृद्धिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

    कम्पनीले प्रभावकारी जोखिम व्यवस्थापन र कर्जा असुली प्रक्रियालाई अझ सुदृढ बनाउँदै सरोकारवालाहरूको दीर्घकालीन हित संरक्षणमा केन्द्रित रहने लक्ष्य राखेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार