Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

साल्ट ट्रेडिङले साढे ९ प्रतिशत बोनस सेयर वितरण गर्ने

साल्ट ट्रेडिङले साढे ९ प्रतिशत बोनस सेयर वितरण गर्ने

आर्थिक पत्र
बिहिवार, बैशाख ३१ २०८३
  • काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट साढे ९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजाने भएको छ ।

    कम्पनीको सञ्चालक समितिले आगामी जेठ २९ गते बस्ने साधारणसभाबाट ३ करोड ४ लाख ६८ हजार १ सय १० रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव पारित गर्ने निर्णय गरेको हो।

    कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५ प्रतिशतका दरले १६ लाख ३ हजार ५ सय ८४ रुपैयाँ बराबरको नगद लाभांश पनि वितरण गर्ने जनाएको छ ।

    साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ १३ गतेदेखि २९ गतेसम्म सेयर दाखिल खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।

    कम्पनीले प्रस्तावित लाभांश पारित भएपछि सेयरधनीलाई वितरण प्रक्रिया अघि बढाइने जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार