Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

अण्डाको मूल्य बढ्यो : उपभोक्तालाई प्रतिगोटा २५ रुपैयाँ, किसान अझै घाटामा

अण्डाको मूल्य बढ्यो : उपभोक्तालाई प्रतिगोटा २५ रुपैयाँ, किसान अझै घाटामा

आर्थिक पत्र
सोमवार, जेठ ४ २०८३
  • चितवन। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आज अण्डाको समर्थन मूल्य बढाएको हो। सङ्घका अनुसार ठूलो अण्डा रु ५१५ प्रतिक्रेट (३० वटा) र मध्यमको रु ४८५ फार्मदर कायम गरिएको छ।

    images

    सङ्घका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा रु २५ कायम गरिएको छ। यसअघि ठूलो अण्डा रु ४८५ र मध्यम अण्डा रु ४३५ कायम गरिएको उनले बताए।

    नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई दिने बिदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको बताए। उनले भने, “किसान कुखुरापालन पेसाबाट पलायन हुँदा जनशक्तिको अभाव छ। कुखुरामा विभिन्न रोग लागेर मरेका छन्, जसले अण्डाको उत्पादन घटेको छ।”

    अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने जनाउँदै अध्यक्ष पोखरेलले किसानले अझै लागत मूल्य पाउन नसकेका बताए। अण्डा उत्पादन गर्दै आएका विभिन्न कृषि फार्मले जारी गरेको मूल्यको आधारमा नेपाल लेयर्स कुखुरापालक सङ्घले समर्थन मूल्य जारी गर्दै आएको उनले जानकारी दिए।

    फार्महरूको मूल्यलाई समायोजन गरेर समर्थन मूल्य जारी गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए। उनका अनुसार दाउन्ने एग्रो फार्म नवलपरासीको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९५० र मझौला रु तीन हजार ७५०, हिमचुली पोल्ट्री नवलपरासीको ठूलो अण्डा रु तीन हजार ९६० र मझौता तीन हजार ७६०, खिलुङ्ग एग्रो स्याङ्जाको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९७०, मझौता रु तीन हजार ७७०, जनकपुर एग्रो जनकपुरको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९८०, मझौता रु तीन हजार ७८५, पूर्वाञ्चल पोल्ट्र विराटनगरको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९८०, मझौता रु तीन हजार ७७० कायम गरिएको छ।

    यसैगरी शिवम् पोल्ट्री वीरगञ्जको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९६०, मझौता रु तीन हजार ७६०, लक्ष्य पोल्ट्री चितवनको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९८०, मझौता रु तीन हजार ७८०, खजाना एग्रो दाङको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९७५, मझौता रु तीन हजार ७७५, नेशनल काजी एग्रो कैलालीको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९६५, मझौता रु तीन हजार ७६५ मूल्य कायम गरिएको छ।

    त्यस्तै सुविस/काठमाडौं त्रिशूलीको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९६०, मझौता रु तीन हजार ७५०, मोडेल पोल्ट्री चितवनको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९५०, मझौता रु तीन हजार ७५५ र एनएमए पोल्ट्री झापाको ठूलो अण्डा प्रतिपेटी रु तीन हजार ९५०, मझौता रु तीन हजार ७६० कायम गरिएको सचिव पोखरेलले जानकारी दिए। उनका अनुसार एउटा पेटीमा सात क्रेट (२१० अण्डा) हुन्छन्।

    लागत मूल्य समयमा पाउन नसकेपछि विगत केही वर्षदेखि किसान यस पेसाबाट पलायन हुन थालेका छन्। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लग्नुलगायत कारढाले किसान बैंकको ऋणको भरमा पर्दै आएको व्यवसायी बताउँछन्।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार