Logo

Nov 08 2026

Nov 08 2026 | २०८३ कार्तिक २३ गते

images

बर्दियामा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

बर्दियामा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

आर्थिक पत्र
आइतवार, भाद्र १९ २०७९
  • बर्दिया। मधुवन नगरपालिका–४ माचड चोक बस्ने सोमई थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३४ वर्षीय जगत चौधरी समेत रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई शनिबार पक्राउ गरिएको हो । 

    इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५७ हजार २ सय ९० रूपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार