Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

अर्थ समितिले आर्थिक वर्षको बजेटबारे विज्ञहरूसँग छलफल गर्ने

अर्थ समितिले आर्थिक वर्षको बजेटबारे विज्ञहरूसँग छलफल गर्ने

आर्थिक पत्र
मंगलवार, जेठ ५ २०८३
  • काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।  

    सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको समिति सभापति डा. कृष्ण हरि बुढाथोकीले जानकारी दिए ।

     बैठकमा समिति सदस्यहरूले आगामी बजेट तर्जुमा सन्दर्भमा धारणा राखेका थिए । सदस्यहरूले उठाएका विषयमा विज्ञहरूसँग छलफल गरी सरकारलाई आवश्यक सुझाव तथा निर्देशन दिइने सभापति बुढाथोकीले बताए । 

    त्यस्तै समिति अन्तर्गतका उपसमितिहरूलाई पनि बजेट तर्जुमाका सन्दर्भमा आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित रहेर थप सुझाव पेश गर्न निर्देशन दिइएको उनले बताए । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार