काठमाडौं । द हिमालयन रिजर्भ ले प्रतिष्ठित ‘टोकियो ह्विस्की एन्ड स्पिरिट्स कम्पिटिसन २०२६’ मा कांस्य पदक जितेको छ । नेपाली मदिरा उद्योगका लागि यसलाई महत्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धिका रूपमा हेरिएको छ ।
यसअघि गत वर्ष बेल्जियमको ब्रसेल्समा आयोजित मोन्द सेलेक्सन मा स्वर्ण पदक जितेको द हिमालयन रिजर्भले यस वर्ष जापानमा आयोजित प्रतियोगितामा पनि सफलता हासिल गरेको हो ।
टोकियो ह्विस्की एन्ड स्पिरिट्स कम्पिटिसन एशियाकै ठूलो तथा प्रतिस्पर्धात्मक मदिरा प्रतियोगितामध्ये एक मानिन्छ । जापानी विज्ञहरूले ‘ब्लाइन्ड टेस्टिङ’मार्फत उत्कृष्ट मदिरा छनोट गर्ने उक्त प्रतियोगितामा विश्वका विभिन्न अन्तर्राष्ट्रिय डिस्टिलरीसँग प्रतिस्पर्धा गर्दै द हिमालयन रिजर्भले पुरस्कार जित्न सफल भएको कम्पनीले जनाएको छ ।
यो ब्रान्डको उत्पादक प्रिमियर डिस्टिलरी लिमिटेड का लागि पनि उपलब्धिलाई महत्वपूर्ण कोशेढुंगाका रूपमा लिइएको छ । कम्पनीले ओल्ड मंक, ओल्ड मंक लेजेन्ड रम तथा ब्ल्याक स्टालियन लगायत ब्रान्ड उत्पादन गर्दै आएको छ ।
कम्पनीका अनुसार यस उपलब्धिले हिमालय क्षेत्रमा उत्पादित नेपाली मदिराले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता प्रमाणित गरेको छ । साथै, नेपाली मदिरा उद्योगलाई विश्व बजारमा नयाँ पहिचान दिलाउन पनि यसले सहयोग पुग्ने विश्वास गरिएको छ ।

