Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

‘द हिमालयन रिजर्भ’लाई टोकियो ह्विस्की एन्ड स्पिरिट्स कम्पिटिसन २०२६ मा कांस्य पदक

‘द हिमालयन रिजर्भ’लाई टोकियो ह्विस्की एन्ड स्पिरिट्स कम्पिटिसन २०२६ मा कांस्य पदक

आर्थिक पत्र
बिहिवार, जेठ ७ २०८३
  • काठमाडौं । द हिमालयन रिजर्भ ले प्रतिष्ठित ‘टोकियो ह्विस्की एन्ड स्पिरिट्स कम्पिटिसन २०२६’ मा कांस्य पदक जितेको छ । नेपाली मदिरा उद्योगका लागि यसलाई महत्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धिका रूपमा हेरिएको छ ।

    images

    यसअघि गत वर्ष बेल्जियमको ब्रसेल्समा आयोजित मोन्द सेलेक्सन मा स्वर्ण पदक जितेको द हिमालयन रिजर्भले यस वर्ष जापानमा आयोजित प्रतियोगितामा पनि सफलता हासिल गरेको हो ।

    टोकियो ह्विस्की एन्ड स्पिरिट्स कम्पिटिसन एशियाकै ठूलो तथा प्रतिस्पर्धात्मक मदिरा प्रतियोगितामध्ये एक मानिन्छ । जापानी विज्ञहरूले ‘ब्लाइन्ड टेस्टिङ’मार्फत उत्कृष्ट मदिरा छनोट गर्ने उक्त प्रतियोगितामा विश्वका विभिन्न अन्तर्राष्ट्रिय डिस्टिलरीसँग प्रतिस्पर्धा गर्दै द हिमालयन रिजर्भले पुरस्कार जित्न सफल भएको कम्पनीले जनाएको छ ।

    यो ब्रान्डको उत्पादक प्रिमियर डिस्टिलरी लिमिटेड का लागि पनि उपलब्धिलाई महत्वपूर्ण कोशेढुंगाका रूपमा लिइएको छ । कम्पनीले ओल्ड मंक, ओल्ड मंक लेजेन्ड रम तथा ब्ल्याक स्टालियन लगायत ब्रान्ड उत्पादन गर्दै आएको छ ।

    कम्पनीका अनुसार यस उपलब्धिले हिमालय क्षेत्रमा उत्पादित नेपाली मदिराले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता प्रमाणित गरेको छ । साथै, नेपाली मदिरा उद्योगलाई विश्व बजारमा नयाँ पहिचान दिलाउन पनि यसले सहयोग पुग्ने विश्वास गरिएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार