Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सहकारीकाे साधारणसभामा सदस्यहरूकाे नि:शुल्क स्वास्थ्य परीक्षण

सहकारीकाे साधारणसभामा सदस्यहरूकाे नि:शुल्क स्वास्थ्य परीक्षण

आर्थिक पत्र
आइतवार, भाद्र १९ २०७९
  • भक्तपुर। भक्तपुर सूर्यविनायकस्थित सुसन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटको वार्षिक साधारणसभामा सहकारीका सदस्यहरूको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

    सूर्यविनायककाे क्लिनिक वानले यो सेवा दिएको हो । परीक्षणमा सहभागीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गर्न पाएको खुशी व्यक्त गर्दै  भविष्यमा शिविर आयाेजना गर्न माग गरेका छन् । 

    कमलबिनायकका ३० वर्षीय सुशिल सुलूले शिविरबाट लाभान्वित हुन पाउँंदा हर्ष लागेको बताए । क्लिनिक वान सूर्यविनायक भक्तपुरका जनरल म्यानेजर सञ्जीव ग्वंगले विभिन्न संस्थाहरूसँंग मिलेर स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी गराए । उनले यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर सञ्चालन गर्दै जाने योजना रहेको सुनाए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार