Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

गरिमा क्यापिटल कर्मचारीहरुका लागि दियो सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रशिक्षण

गरिमा क्यापिटल कर्मचारीहरुका लागि दियो सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रशिक्षण

आर्थिक पत्र
मंगलवार, जेठ १२ २०८३
  • काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र सम्पत्ति शुद्धीकरण निवारण क्षेत्रको विशेषज्ञ परामर्शदाता संस्था ए.एम.एल नेपाल प्रालिको संयुक्त आयोजनामा गरिमा क्यापिटलका सम्पूर्ण कर्मचारीहरुका लागि एक दिवसीय बृहत् अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त प्रशिक्षण कार्यक्रम हालै भगवती बहाल, नक्साल, काठमाडौँ स्थित लिसरा रिसेप्सन्समा आयोजना गरिएको थियो ।पूँजी बजार र मर्चेन्ट बैंकिङ क्षेत्रमा बढ्दै गएको वित्तीय जोखिमलाई न्यूनीकरण गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी मापदण्डहरुको पूर्ण पालना सुनिश्चित गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । 

    प्रशिक्षणमा मुख्यतः नेपालको प्रचलित सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४, नेपाल धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएका नवीनतम निर्देशिकाहरु, शङ्कास्पद कारोबार पहिचान गर्ने तरिकाहरु, र संस्थागत सुशासनका विविध पक्षहरुमा केन्द्रित रही प्रशिक्षण प्रदान गरिएको थियो ।ए.एम.एल नेपाल प्रालिका वरिष्ठ अनुपालन विज्ञहरुले उक्त ऐनका कानूनी व्यवस्थाहरु, ग्राहक पहिचानसम्बन्धी नियमहरु र ऐन उल्लंघन गर्दा हुने कानूनी कारबाहीका प्रावधानहरु सहित वास्तविक घटना र प्रयोगात्मक अभ्यासहरुको माध्यमबाट सहभागी कर्मचारीहरुलाई वित्तीय अपराध नियन्त्रणका व्यावहारिक उपायहरु बारे प्रष्ट पारेका थिए । अन्तरक्रियात्मक सत्रमा कर्मचारीहरुले दैनिक कार्यसञ्चालनका क्रममा आउने व्यावहारिक चुनौतीहरु र तिनको कानूनी तथा प्राविधिक समाधानका विषयमा आफ्ना जिज्ञासाहरु राख्दै समाधान गर्ने उपायका बारेमा छलफल गरेका थिए ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार