Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

आर्थिक पत्र
बिहिवार, जेठ १४ २०८३
  • काठमाडौं । नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोषको व्यवस्थापन गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा कोषका निर्देशक छबिरमण अधिकारी र बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले  हस्ताक्षर गरेका छन् ।सम्झौतामा योगदानमा आधारित भए-नभएको उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्नेगराउने व्यवस्था रहेको छ । 

    बैंकका कर्मचारीहरूले  मासिक वार्षिक रूपमा कोष कट्टी गरी नियमित रूपले लगानी कोषमा रकम जम्मा गर्नुपर्ने छ । कोषले बैंकका कर्मचारीहरूको व्यक्तिगत खाता तयार गरी अभिलेख राख्ने छ । बैंकको सिफारिसमा सेवा निवृत कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था कोषले गर्नेछ ।त्यसैगरीबैंकका कर्मचारीहरूले कोषमा जम्मा भएको रकममा नागरिक लगानी कोष ऐननियमविनियमनिर्देशिका एवम् कार्यविधिमा उल्लेख भए अनुसार ब्याजप्रतिफल तथा अन्य सेवासुविधा प्राप्त गर्नेछन् । 

     

    बैंकको अवकाश कोष योजनाको व्यक्तिगत खातामा रहेको रकमऋण रकम तथा लगानी सहितको विवरण कोषलाई बुझाउनुपर्ने व्यवस्था पनि रहेको छ । कोषले अवकाश वा सेवा निवृत्त भएका कर्मचारीलाई नियमानुसार कर कट्टा गरी भुक्तानी उपलब्ध गराउनेछ । त्यसको लागि बैंकले आफ्ना कर्मचारीहरूको विवरण कोषलाई उपलब्ध गराउनेमासिक तथा वार्षिक रूपमा कट्टा गरिएको रकम सम्बन्धित कोषमा जम्मा गर्ने तथा सेवा निवृत्त कर्मचारीहरूको अवकाश रकम भुक्तानीका लागि सिफारिस गर्नुपर्ने छ । योसँगै आयकर ऐन २०५८ बजिम स्वीकृत अवकाश कोषका रूपमा सञ्चालित साबिकका अवकाश कोषहरूमा रहेको बैंकको कर्मचारीहरूका अवकाशउपदान र अतिरिक्त अवकाश कोषको रकम कोषमा रकमान्तरण गरिने पनि सम्झौतामा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार