काठमाडौं । यशोदा फुड्सको लोकप्रिय उत्पादन करेन्टले आफ्ना सम्पूर्ण उत्पादनहरू उच्च गुणस्तर, विश्वसनीयता र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई केन्द्रमा राखेर उत्पादन तथा बजारमा वितरण गर्दै आएको जनाएको छ। कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै आफ्ना उत्पादनप्रति उपभोक्ताले देखाएको निरन्तर विश्वास, माया र साथप्रति हार्दिक आभार व्यक्त गरेको हो ।
कम्पनीका अनुसार बजारमा पठाइने प्रत्येक उत्पादनलाई कडा गुणस्तर मापदण्डअनुसार प्रयोगशालामा परीक्षण तथा प्रमाणीकरण गरेपछि मात्र उपभोक्तासम्म पुर्याइन्छ । यस प्रक्रियाले उत्पादनको गुणस्तर, सुरक्षा र प्रभावकारितालाई सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
सूचनामा उपभोक्ताको स्वास्थ्य र सन्तुष्टिलाई कम्पनीको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै गुणस्तरीय उत्पादनमार्फत स्वस्थ जीवनशैली प्रवद्र्धनमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ । कम्पनीले आफ्ना उत्पादनहरू नियमित रूपमा प्रयोग गर्न उपभोक्तासमक्ष आग्रह समेत गरेको छ ।
करेन्टले देश तथा विदेशमा रहेका आफ्ना उपभोक्ता, व्यवसायिक साझेदार, डिलर, किसान तथा कर्मचारीहरूको योगदानको उच्च मूल्यांकन गर्दै उनीहरूकै विश्वास र सहयोगका कारण कम्पनीले निरन्तर प्रगति गर्न सफल भएको जनाएको छ । कम्पनीले आगामी दिनमा पनि गुणस्तर, नवप्रवर्तन र उपभोक्ता सन्तुष्टिलाई केन्द्रमा राखेर उत्कृष्ट सेवा तथा उत्पादन उपलब्ध गराउने प्रतिबद्धता दोर्होयाएको छ । साथै, उपभोक्ताको भरोसा कायम राख्दै स्वास्थ्य, सुरक्षा र गुणस्तरमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ ।
नेपाली स्वादलाई विश्वभर पुर्याउँदै
सन् २०१७ मा नेपालबाट यात्रा सुरु गरेको करेन्ट ब्रान्डले छोटो समयमै स्वदेशी स्न्याक्स तथा चाउचाउ उद्योगमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै अन्तर्राष्ट्रिय बजारमा समेत सफलता हासिल गरेको छ ।
यशोदा फुड्स प्रालि अन्तर्गत सञ्चालित करेन्टले रुपन्देही र कपिलवस्तुस्थित अत्याधुनिक उत्पादन केन्द्रमार्फत चाउचाउ तथा विभिन्न स्न्याक्स उत्पादन गर्दै आएको छ । परम्परागत स्वाद र आधुनिक प्रविधिको संयोजनमार्फत गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।
नेपालबाट सुरु भएको करेन्टको यात्रा अहिले २२ देशसम्म विस्तार भइसकेको छ । गुणस्तर, स्वाद र नवीनताका कारण अन्तर्राष्ट्रिय बजारमा समेत ब्रान्डले उपभोक्ताको विश्वास जित्न सफल भएको कम्पनीको दाबी छ । भारत, क्यानडा, सिङ्गापुर, बहराइन, अष्ट्रेलिया, कुवेत, दुबईरसंयुक्त अरब इमिरेट्स (यूएई), जापान, संयुक्त अधिराज्य, इटाली, मलेसिया, दक्षिण कोरिया, भुटान, हङकङ, कतार, न्युजिल्यान्ड, संयुक्त राज्य अमेरिका, केम्यान टापुहरू र पपुवा न्यू गिनीमा समेत यशोदा फुड्सका उत्पादनहरु पुगेका छन् ।
कम्पनीका अनुसार प्रत्येक उत्पादन उत्कृष्ट कच्चा पदार्थको प्रयोग, कडा गुणस्तर परीक्षण तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिन्छ । स्वादमा विविधता र गुणस्तरमा निरन्तरताले करेन्टलाई उपभोक्तामाझ लोकप्रिय बनाएको छ ।
करेन्टले वातावरणमैत्री उत्पादन र प्याकेजिङ प्रणालीलाई प्राथमिकता दिँदै दिगो विकासप्रति आफ्नो प्रतिबद्धता समेत व्यक्त गरेको छ । कम्पनीले उपभोक्ताको सन्तुष्टिलाई केन्द्रमा राखेर नयाँ स्वाद र उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ । नेपाली स्वादलाई विश्व बजारमा स्थापित गर्ने उद्देश्यसहित अघि बढिरहेको करेन्ट आज नवप्रवर्तन, गुणस्तर र विश्वसनीयताको प्रतीकका रूपमा उदाउँदै गएको छ ।

