Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

भक्तपुरको विद्यालयमा भीषण आगलागी, ५० लाख बढीको क्षति

भक्तपुरको विद्यालयमा भीषण आगलागी, ५० लाख बढीको क्षति

आर्थिक पत्र
बिहिवार, जेठ २१ २०८३
  • भक्तपुर । भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ । आगलागीबाट विद्यालयको दुई तला पूर्ण रूपमा क्षति पुगेको तथा पाँच वटा कक्षा कोठा पूर्ण रूपमा नष्ट भएका विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले जानकारी दिए । आगलागीबाट करिब रु ५० लाख  बराबरको क्षति भएको छ ।

    विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने अनुमान छ । हाल जलेका सामग्री हटाउने तथा सरसफाइको कार्य सुरु गरिएको छ । धेरै दिन पठनपाठन अवरुद्ध हुन नदिने गरी काम भइरहेको विद्यालय प्रशासनले जनाएको छ । प्रहरी वृत्त जगातीका अनुसार क्षतिको विस्तृत विवरण सङ्कलन जारी  छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार