Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई डस्टबिन हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई डस्टबिन हस्तान्तरण

आर्थिक पत्र
बिहिवार, जेठ २१ २०८३
  • कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सालझण्डीमार्फत रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित श्री पशुपति माध्यमिक विद्यालयलाई १२ थान डस्टबिन हस्तान्तरण गरेको छ।बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक हरि प्रसाद थापालाई डस्टबिन हस्तान्तरण गरेका हुन्। डस्टबिन वितरण कार्यक्रमले विद्यालयमा फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन, सरसफाइको संस्कार विकास गर्न तथा वातावरणीय सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।  प्रधानाध्यापक थापाले स्वच्छ विद्यालय, स्वस्थ विद्यार्थी र सफा समाज निर्माणका लागि फोहोर व्यवस्थापन अत्यावश्यक रहेको उल्लेख गर्दै विद्यालय परिसरलाई स्वच्छ राख्न यस्ता सामग्रीले महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै, आर्थिक रूपमा कमजोर तथा विपन्न समुदायका विद्यार्थी अध्ययनरत विद्यालयहरूमा आधारभूत सरसफाइ सामग्रीको अभाव रहने भएकाले बैंकको यो पहल प्रशंसनीय रहेको उनको भनाइ थियो।

    बैंकका बुटवल क्षेत्र प्रमुख आचार्यले डस्टबिन वितरण कार्यक्रमले विद्यालयको सरसफाइ व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। स्वच्छ र व्यवस्थित वातावरणमा अध्ययन गर्ने अवसरले विद्यार्थीहरूको सिकाइ उपलब्धि, अनुशासन र आत्मविश्वासमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै प्रधानाध्यापक थापाले बैंकप्रति आभार व्यक्त गरे। 

    कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।बैंकले आगामी दिनमा पनि सरोकारवाला निकायहरूसँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार