Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

आईएमई खल्ती र भिजन कन्सर्न आई क्लिनिकबीच निःशुल्क आँखा उपचारसम्बन्धी सम्झौता

आईएमई खल्ती र भिजन कन्सर्न आई क्लिनिकबीच निःशुल्क आँखा उपचारसम्बन्धी सम्झौता

आर्थिक पत्र
शुक्रवार, जेठ २२ २०८३
  • काठमाडौं। अग्रणी फिनटेक कम्पनी आईएमई खल्ती लिमिटेड र भिजन कन्सर्न आई क्लिनिकबीच कर्पोरेट वेलनेससम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार आईएमई खल्तीका कर्मचारी तथा उनीहरूका परिवारलाई आँखा उपचारसम्बन्धी विशेष सुविधा उपलब्ध गराइनेछ।

    सम्झौताअन्तर्गत आईएमई खल्तीका कर्मचारीले निःशुल्क बृहत् आँखा परीक्षण, निःशुल्क विशेषज्ञ चिकित्सक परामर्श तथा प्राथमिकताका आधारमा समय निर्धारण (अपोइन्टमेन्ट) सुविधा पाउनेछन्। यी सेवाहरू भिजन कन्सर्नका बौद्ध, लाजिम्पाट र माकलबारीस्थित शाखाबाट उपलब्ध हुने जनाइएको छ।

    चिकित्सकीय सेवासँगै विभिन्न अप्टिकल सामग्रीमा विशेष छुटको व्यवस्था पनि गरिएको छ। छनोट गरिएका अप्टिकल उत्पादनमा ४० प्रतिशतसम्म छुट, ब्रान्डेड फ्रेममा २० प्रतिशत छुट तथा चिकित्सकीय सिफारिसअनुसार प्रयोग गरिने चस्माका लेन्स र कन्ट्याक्ट लेन्समा विशेष कर्पोरेट मूल्य उपलब्ध गराइनेछ।

    सम्झौताअनुसार भिजन कन्सर्नले डिजिटल उपकरणको अत्यधिक प्रयोगका कारण हुने आँखा थकानसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ। आईएमई खल्तीले भने आफ्ना कर्मचारीमाझ उपलब्ध सुविधाबारे जानकारी र प्रचारप्रसार गर्नेछ।

    दुवै संस्थाबीच भएको यो सहकार्य एक वर्षका लागि लागू हुनेछ। कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि दुवै पक्षले आ–आफ्नो समन्वयकर्ता पनि तोक्ने सहमति गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार