Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ पाँचौं संस्करण सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ पाँचौं संस्करण सम्पन्न

आर्थिक पत्र
सोमवार, जेठ २५ २०८३
  • काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सम्पन्न भएको छ।

    यही जेठ १७ गतेदेखि २० गतेसम्म चार दिन काठमाडौंमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राईम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने माछापुच्छे« बैंक लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ।

    उक्त प्रतियोगितामा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त कम्पनी, ३ बिमा कम्पनी र १ मर्चेन्ट बैंक गरी कुल २४ टिमले सहभागिता जनाएका थिए। साथै उक्त प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण पनि सम्पन्न भएको छ।

    पुर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा नेपली राष्ट्रिय क्रिकेट टोलीका पुर्वकप्तान ज्ञानेन्द्र मल्लको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई ट्रफी हस्तान्तरण गरिएको थियो। साथै सह–विजेता माछापुच्छे« बैंक लिमिटेडलाई उप–विजेता ट्रफी समेत सोही समारोहमा प्रदान गरिएको थियो।

    उक्त प्रतियोगितामा उत्कृष्ट फिल्डर लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधान, उत्कृष्ट विकेट–किपर सानिमा जिआईसी इन्स्योरेन्सका अनिल भुजेल, उत्कृष्ट बलर नेपाल बैंक लिमिटेडका मोहन कुमार श्रेष्ठ, उत्कृष्ट ब्याट्सम्यान माछापुच्छे« बैंक लिमिटेडका श्रृजन सुवेदी तथा उत्कृष्ट खेलाडी प्राईम कमर्सियल बैंकका कृतार्थ शाक्यले जित्न सफल भएका छन्। साथै फेयर प्ले अवार्ड सानिमा जिआईसी इन्स्योरेन्सले जित्न सफल भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार