Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

फिफा विश्वकप २०२६ का लागि नेपाल टेलिकमको विशेष ‘टिभी प्याकेज’ र आकर्षक बोनस अफर

फिफा विश्वकप २०२६ का लागि नेपाल टेलिकमको विशेष ‘टिभी प्याकेज’ र आकर्षक बोनस अफर

आर्थिक पत्र
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौं। नेपाल टेलिकमले विश्व खेलकुदको महाकुम्भ ‘फिफा विश्वकप २०२६’ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष ‘FIFA World Cup 2026 TV Package’ र विभिन्न आकर्षक बोनस अफरहरू सार्वजनिक गरेको छ।

    कम्पनीले विशेषगरी आफ्ना आइपिटिभी ग्राहकहरूलाई विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्ने सुविधा प्रदान गर्न यो प्याकेज सञ्चालनमा ल्याएको हो। यस व्यवस्थाअनुसार सम्पूर्ण आइपिटिभी ग्राहकहरूले मात्र ९९९ रुपैयाँमा सो प्याकेज खरिद गरी विश्वकपका सबै खेलहरू प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन्।

    यो सेवा सुचारु गर्नका लागि एनटीटिभीका ग्राहकहरूले आफ्नो टेलिभिजन सेटमार्फत ‘हिमालय स्पोर्ट्स’ च्यानल छनोट गर्नुपर्नेछ। च्यानल छनोट गर्नासाथ स्क्रिनमा एउटा छुट्टै इन्ट्री स्क्रिन देखा पर्नेछ, जहाँ नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर प्रविष्ट गरेपछि एउटा ओटिपी कोड प्राप्त हुनेछ।

    उक्त ओटिपी कोडलाई पुनः टिभी स्क्रिनमा प्रविष्ट गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तुरुन्तै सक्रिय हुनेछ। यसका साथै ग्राहकहरूले आफ्नो नजिकैको नेपाल टेलिकम ग्राहक सेवा केन्द्रमा गएर पनि यो प्याकेज सक्रिय गराउन सक्ने सुविधा छ।

    टेलिकमले नयाँ तथा पुराना ग्राहकहरूलाई आकर्षित गर्न आगामी जेठ २६ गतेदेखि साउन ३ गतेसम्मका लागि एक विशेष बोनस योजना समेत ल्याएको छ। यस अवधिभित्र वार्षिक १०० Mbps वा सोभन्दा बढी गतिको ‘Internet with Premium IPTV’ प्याकेज नयाँ जडान गर्ने, पुराना प्याकेजहरू नवीकरण गर्ने, अथवा १०० Mbps भन्दा मुनिको प्याकेजबाट १०० Mbps वा सोभन्दा माथिको प्याकेजमा स्तरोन्नति (Upgrade) गर्ने ग्राहकहरूले यो फिफा विश्वकप टिभी प्याकेज बोनसका रूपमा पूर्ण रूपमा निःशुल्क प्राप्त गर्नेछन्। यो बोनस प्याकेज दाबी गर्नका लागि ग्राहकहरूले आफ्नो मोबाइलबाट *1416# डायल गर्नुपर्नेछ।

    नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार कम्पनी आफ्ना ग्राहकहरूलाई सधैं उच्च गुणस्तरीय प्रविधि र खेलकुदको उत्कृष्ट मनोरञ्जन प्रदान गर्न प्रतिबद्ध रहँदै आएको छ। यस विशेष अफर तथा प्याकेजका बारेमा थप विस्तृत जानकारी आवश्यक परेमा ग्राहकहरूले नेपाल टेलिकमको नजिकैको ग्राहक सेवा केन्द्र, आधिकारिक वेबसाइट वा कम्पनीका विभिन्न सामाजिक सञ्जालहरूका माध्यमबाट सम्पर्क गरी बुझ्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार