Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

इन्द्रप्रस्थ अपोलो हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

इन्द्रप्रस्थ अपोलो हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

आर्थिक पत्र
बुधवार, जेठ २७ २०८३
  • काठमाडौं। नयाँ दिल्ली, भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल र बबरमहल, काठमाडौंमा केन्द्रीय कार्यालय रहेको प्रभु बैंक लिमिटेडबिच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

    सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी, मोबाइल बैंकिङ प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्डवाहकहरूले अपोलो हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन्।

    उक्त सम्झौता बमोजिम हस्पिटलमा भर्ना भएका बिरामीहरूले औषधि र उपभोग्य सामग्री बाहेकका शुल्कमा तथा भर्ना नभई उपचार गराउने (ओपिडी) बिरामीहरूले औषधि र परामर्श शुल्क बाहेकका अन्य सेवा शुल्कहरूमा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

    सम्झौतापत्रमा इन्द्रप्रस्थ अपोलो हस्पिटलका तर्फबाट डेपुटी म्यानेजर विपित शर्मा र प्रभु बैंक लिमिटेडका तर्फबाट चिफ मार्केटिङ अफिसर दीपेन्द्रबाबु विष्टले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन्। यो सम्झौता सन् २०२६ मे २८ देखि प्रारम्भ भई सन् २०२८ मे महिनासम्म कायम रहनेछ।

    हाल प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३०० शाखा कार्यालय, २६२ एटीएम तथा ६६ एक्स्टेन्सन काउन्टरहरू मार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकहरूलाई “विश्वास लिन्छौँ, विश्वास दिन्छौँ” भन्ने मूल नाराका साथ गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार