Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एनआईसी एशिया बैंकद्वारा देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

आर्थिक पत्र
शुक्रवार, जेठ २९ २०८३
  • काठमाडौं। एनआईसी एशिया बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत पर्वत जिल्लाको देउपुरस्थित देउपुर स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री सहयोग गरेको छ।

    स्थानीय बासिन्दालाई प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले बैंकले स्वास्थ्य चौकीलाई ह्विलचेयर, डस्टबिन, फुट स्टेप, कुर्सी, स्युटर सेटलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको जनाएको छ।

    स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा बैंकका चिफ मार्केटिङ अफिसर दीपेन्द्र शर्मा र पोखरा सर्कल हेड स्वेता शेर्चनले संयुक्त रूपमा उक्त सामग्री हस्तान्तरण गरेका थिए। सामग्री देउपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा मोदी गाउँपालिका–२ का वडाध्यक्ष बेलबहादुर काकी क्षेत्री र स्वास्थ्य चौकी प्रमुख रुपेश कुमार कुशवाहालाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

    जेठ २८ गते आयोजित कार्यक्रममा स्वास्थ्य चौकीका कर्मचारी, बैंकका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।

    बैंकले उपलब्ध गराएको सहयोगबाट स्वास्थ्य चौकीको सेवा प्रवाह थप प्रभावकारी बन्ने र स्थानीय सेवाग्राहीले सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।

    एनआईसी एशिया बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार