Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

कुमारी क्यापिटलका कर्मचारीलाई एएमएल/सीएफटी सम्बन्धी विशेष तालिम

कुमारी क्यापिटलका कर्मचारीलाई एएमएल/सीएफटी सम्बन्धी विशेष तालिम

आर्थिक पत्र
सोमवार, आषाढ १ २०८३
  • काठमाडौं। नेपालमा एन्टी–मनी लाउन्डरिङ (AML) तथा काउन्टरिङ द फाइनान्सिङ अफ टेररिज्म (CFT) सम्बन्धी परामर्श सेवामा सक्रिय संस्था एएमएल नेपाल (AML Nepal) ले कुमारी क्यापिटल लिमिटेड का कर्मचारीहरूका लागि धितोपत्र बजार केन्द्रित एकदिने एएमएल/सीएफटी तालिम सफलतापूर्वक सम्पन्न गरेको छ।

    तालिमको मुख्य उद्देश्य धितोपत्र बजार, विशेषगरी मर्चेन्ट बैंकिङ व्यवसायमा कार्यरत कर्मचारीहरूको एएमएल/सीएफटी सम्बन्धी व्यावहारिक ज्ञान, नियामकीय दायित्व तथा अनुपालन क्षमता अभिवृद्धि गर्नु रहेको एएमएल नेपालले जनाएको छ।

    कार्यक्रममा अन्तर्राष्ट्रिय एएमएल/सीएफटी अवधारणा, नेपालमा प्रचलित कानुनी तथा नियामकीय व्यवस्था, धितोपत्र बोर्ड नेपाल (सेबोन) को एएमएल निर्देशनअनुसार बजार मध्यस्थकर्ताको भूमिका र जिम्मेवारी, साथै मर्चेन्ट बैंकरहरूले पालना गर्नुपर्ने अनुपालनसम्बन्धी प्रावधानबारे विस्तृत प्रस्तुति गरिएको थियो।

    तालिमको सहजीकरण एएमएल/सीएफटी विज्ञ श्रीधर अधिकारी र लेखनाथ पोखरेल ले गरेका थिए। कार्यक्रममा कुमारी क्यापिटलका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले नेपाली पुँजी बजारमा देखिएका अनुपालनसम्बन्धी व्यावहारिक चुनौती, जोखिम व्यवस्थापन तथा उत्कृष्ट अभ्यासका विषयमा अन्तरक्रियात्मक छलफल गरेका थिए।

    कार्यक्रमका क्रममा एएमएल नेपालका प्रतिनिधिहरूले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र सुरक्षित बनाउन प्रभावकारी एएमएल/सीएफटी अनुपालन अपरिहार्य रहेको बताएका थिए। उनीहरूले वित्तीय अपराध नियन्त्रण, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा वित्तीय प्रणालीको दीर्घकालीन स्थायित्वका लागि अनुपालन संस्कृतिको विकास आवश्यक रहेको धारणा राखेका थिए।

    एएमएल नेपालले बैंक तथा वित्तीय संस्था, धितोपत्र बजारका मध्यस्थकर्ता तथा अन्य ‘रिपोर्टिङ इन्ष्टिटी’ हरूलाई एएमएल/सीएफटी सम्बन्धी परामर्श, तालिम, नीति निर्माण, जोखिम मूल्यांकन तथा निरन्तर अनुपालन सहयोग प्रदान गर्दै आएको जनाएको छ। संस्था नेपालमा एएमएल/सीएफटी क्षेत्रको अग्रणी विशेषज्ञ संस्थाका रूपमा कार्यरत छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार