Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट

लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट

आर्थिक पत्र
मंगलवार, आषाढ २ २०८३
  • काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

    आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सोमबार लुम्बिनी प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन्।

    बजेटमध्ये पूँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ भने चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थापन तर्फको रकम समेत जोडेर उक्त रकमको बजेट प्रस्तुत गरिएको हो।

    यद्यपि चालू आवको बजेटको तुलनामा आगामी आवको बजेट १ अर्ब ५२ करोड ५५ लाख रुपैयाँले कम रहेको छ। चालू आवका लागि लुम्बिनी सरकारले ३८ अर्ब ९१ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार