काठमाडाैँ । एमएडब्लु अर्थमुभर्स प्रालि (JCB Division) र एभरेष्ट बैंकबीच JCB का ग्राहकहरूलाई वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमाका तर्फबाट सञ्जय देव यादव तथा बैंकका तर्फबाट विनय खनालले हस्ताक्षर गरेका थिए ।
सहकार्य अन्तर्गत JCB लगायतका निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकहरूले एभरेष्ट बैंकका देशभर रहेका शाखामार्फत सहज रूपमा वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् । यस व्यवस्थाअनुसार ग्राहकहरूले उपकरणको मूल्यको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, ऋण स्वीकृति प्रक्रियालाई थप सरल, छरितो तथा ग्राहकमैत्री बनाउने उद्देश्यले आवश्यक सम्पूर्ण कागजातहरू पेश गरी प्रक्रिया पूरा भएको अवस्थामा ७ कार्य दिनभित्र डेलिभरी अर्डर जारी गरिने व्यवस्था गरिएको छ ।

