Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

असार २२ गते नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा

असार २२ गते नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा

आर्थिक पत्र
बिहिवार, आषाढ ११ २०८३
  • नेरुडे मिर्मिरे लघुवित्तले कम्पनीले असार २२ गते साधारणसभा बोलाएको छ । कम्पनीले सभाको विशेष प्रस्तावमा हकप्रद निष्काशनको प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले पुँजी वृद्धि योजना अनुसार नियामक निकायको अन्तिम स्वीकृतिको प्राप्त भएको अवस्थामा हकप्रद निष्काशन गर्ने प्रस्ताव सभामा लैजान लागेको हो ।

    कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ३९ करोडको २५ प्रतिशतले हुन आउने ३४ करोड ९४ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । सभामा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधन आवश्यक भए संचालक समितिलाई स्वीकृति दिने, उपयुक्त संस्थासँग मर्जर तथा प्राप्तिको कार्य अघि बढाउँन संचालक समितिलाई अख्तियारी दिने लगायत दिने विशेष प्रस्ताव पनि पेश हुनेछ । कम्पनीले साधारणसभाको लागि असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार