Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

प्रभु महालक्ष्मी लाइफको १९ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको १९ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

आर्थिक पत्र
शुक्रवार, आषाढ १२ २०८३
  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १८ लाख ९९ हजार २४१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

    कम्पनीले यसअघि यी शेयरहरू कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो। तर तोकिएको ३५ दिनसम्म संस्थापक शेयरधनीबाट कुनै पनि शेयर खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

    उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघसंस्थाहरूले आगामी ७ दिनभित्र नेपाल बीमा प्राधिकरणले तोके बमोजिमको मापदण्ड पूरा हुने आवश्यक कागजातहरू सहित काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार