Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आईएमई लाइफद्वारा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख सहयोग

आईएमई लाइफद्वारा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख सहयोग

आर्थिक पत्र
शुक्रवार, आषाढ १२ २०८३
  • काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले समता एजुकेशन फाउन्डेसनलाई आर्थिक सहयोग गरेको छ । कम्पनीले सो फाउन्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त कम्पनीहरुलाई सहयोग गरिएको कम्पनीले जनाएको छ । 

    इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । सोही प्रतिबद्धताको निरन्तरतास्वरूप प्रदान गरिएको उक्त सहयोग रकम कैलाली, दोलखा र सिन्धुली जिल्लामा सञ्चालित समता एजुकेशन फाउन्डेसन अन्तर्गतका विद्यालयहरूको शैक्षिक गतिविधि सुदृढीकरण तथा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा परिचालन गरिने जनाएको छ ।

    समता एजुकेसन फाउन्डेसनले विगत लामो समयदेखि आर्थिक रूपमा विपन्न बालबालिकालाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको छ । आईएमई लाइफ इन्स्योरेन्सको यस सहयोगले फाउन्डेसनका शैक्षिक कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन तथा भविष्यमा अझ बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार