Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

राष्ट्रिय जीवन कम्पनीको नयाँ बोनसदर घोषणा, प्रत्येक बर्ष बोनस घट्दै

राष्ट्रिय जीवन कम्पनीको नयाँ बोनसदर घोषणा, प्रत्येक बर्ष बोनस घट्दै

आर्थिक पत्र
आइतवार, आषाढ १४ २०८३
  • काठमाडौं । राष्ट्रिय जीवन कम्पनीले आर्थिक बर्ष २०८३ / २०८४ को लागि नयाँ बीमालेखको बोनसदर घोषणा गरेको छ । कम्पनीको बोनसदर प्रत्येक बर्ष ५ रुपैयाँको दरले घट्दै गएको देखिएको छ ।

    हाल कम्पनीले नयाँ बोनसदर अनुसार कम्पनीले सबै बीमा योजनाको सबै बीमा अवधिमा समान ५० रुपैयाँ बोनस प्रति हजारका दरले दिने भएको छ। गत बर्षको तुलनामा सबै बीमा अवधिमा बोनसदर ५ रुपैयाँले घटेको छ । गत बर्ष कम्पनीको बोनसदर ५ रुपैयाँ निधारण गरिएको थियो।

    यस अघि आर्थिक बर्ष २०८२र८२ मा कम्पनीको बोनसदर सबै बीमा योजनामा समान ६० रुपैँया रहेको थियो । प्रत्येक बर्ष ५ रुपैँया प्रति बोनसदर घटेको देखिएको छ । कम्पनीको पुरानो हिसाब राफसाफमा समस्या देखिएको कारण घाटा रिक्भरी गर्न कम्पनीले यस्तो गरेको प्राधिकरणको स्रोतले जनाएको छ ।

    यस कम्पनीको आ.व. २०७३/ २०७४ देखि २०७५/७६ सम्मको आर्थिक स्थितिको लेखा जोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्क प्रतिवेदन नियामकिय निकाय नेपाल बीमा प्राधिकरणका २०८२ पुस २९ गतेको पत्र अनुसार (२०८२/८३ )बाट स्वीकृत भएको छ ।

    कम्पनीले संचालनमा ल्याएको मुनाफामा शरीक हुने (बोनस आर्जन गर्ने गरी जारी गरिएका सबै किसिमका जीवन बीमालेखहरु अन्तर्गत आ.व. २०८३ / २०८४ का लागि प्रति वर्ष प्रति हजार बीमाङ्कमा उल्लेखित बोनस दर निर्धारण गरिएको छ ।
    साथै कम्पनीको आगामी बीमांकीय मूल्यांकन नभएसम्मका लागि अन्तरिम बोनसदर यही बमोजिम कायम गरिएको पनि जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार