Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

सिद्धार्थ बैंकको २ लाख ७२ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

आर्थिक पत्र
सोमवार, आषाढ १५ २०८३
  • काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयरधनी लिला देवी शारदाको स्वामित्वमा रहेको २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

    images

    बैंकले यसअघि नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी ३५ दिने सूचना प्रकाशित गरेकोमा संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएकाले सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

    तसर्थ उक्त शेयर खरीद गर्न चाहने सर्वसाधारण व्यक्ति वा संघसंस्थाले आगामी ७ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा आफूले किन्न चाहेको शेयर संख्याको व्यहोरा खुलाएर लिखित आवेदन दिनुपर्नेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार