Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

हिमालयन एभरेष्ट इन्स्योरेन्स ५ अर्ब प्रिमियम आर्जन गर्न सफल

हिमालयन एभरेष्ट इन्स्योरेन्स ५ अर्ब प्रिमियम आर्जन गर्न सफल

आर्थिक पत्र
मंगलवार, आषाढ १६ २०८३
  • काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को व्यवसायिक यात्रामा अर्को महत्वपूर्ण कोशेढुंगा पार गर्दै ५ अर्ब रुपैयाँ प्रिमियम आर्जन गर्न सफल भएको छ। यसले कम्पनीको व्यवसायिक वृद्धि, सुशासन, ग्राहक विश्वास तथा सरोकारवालासँगको सम्बन्धलाई थप मजबुत बनाएको छ।

    images

    कम्पनीले यस उपलब्धिलाई आफ्ना ग्राहक, अभिकर्ता, पुनर्बीमक, व्यवसायिक साझेदार, बैंक तथा वित्तीय संस्था, नियामक निकाय, शेयरधनी, सञ्चालक समिति तथा कर्मचारीहरूको निरन्तर विश्वास, सहयोग, समर्पण र साझा प्रयासको प्रतिफलका रूपमा लिइएको जनाएको छ।

    यस अवसरमा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले ५ अर्बको व्यवसायिक लक्ष्य हासिल गर्नु हिमालयन एभरेष्ट इन्स्योरेन्स परिवारका सम्पूर्ण सदस्यहरूको सामूहिक प्रतिबद्धता, ग्राहकहरूको अटल विश्वास तथा हाम्रा व्यवसायिक साझेदारहरूको निरन्तर साथ र सहयोगको परिणाम रहेको र यस उपलब्धिले कम्पनीलाई अझ उत्तरदायी, नवप्रवर्तनमुखी तथा ग्राहककेन्द्रित बीमा सेवा प्रदान गर्दै दिगो व्यवसायिक वृद्धिको यात्रालाई थप सशक्त रूपमा अगाडि बढाउन प्रेरित गरेको बताइन्।

    उनले कम्पनीले पछिल्ला वर्षहरूमा डिजिटल प्रविधिको प्रभावकारी उपयोग, ग्राहक अनुभवमा निरन्तर सुधार, दाबी व्यवस्थापन तथा भुक्तानी प्रक्रियालाई थप छिटो र सरल बनाउने प्रयास, तथा सुदृढ जोखिम व्यवस्थापनमार्फत नेपाली बीमा बजारमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्दै आएको उल्लेख गरिन्।

    कम्पनीले आगामी दिनमा डिजिटल रूपान्तरण, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यवसायिक अभ्यासलाई प्राथमिकतामा राख्दै अझ उच्च व्यवसायिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै बीमा पहुँच विस्तार गर्दै ग्राहक, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाका लागि दीर्घकालीन मूल्य सिर्जना गर्ने आफ्नो रणनीतिलाई निरन्तर अघि बढाउने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार