Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

एशियन लाइफको संस्थापक शेयर बिक्रीमा

एशियन लाइफको संस्थापक शेयर बिक्रीमा

आर्थिक पत्र
मंगलवार, आषाढ १६ २०८३
  • काठमाडौं । एशियन लाइफ इन्स्यारेन्स कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २८ हजार १०१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

    नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको हो। शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

    शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने कम्पनीले जनाएको छ। तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार