Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

कामना सेवा विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

कामना सेवा विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

आर्थिक पत्र
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

    यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएकोमा तोकिएको मितिसम्म कुनै पनि आवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

    सो शेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति वा संस्थाले आगामी ७ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर कित्ता खुलाएर निवेदन दिनु पर्नेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार