Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

प्रभु बैंकद्वारा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंकद्वारा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागलाई डिजिटल बोर्ड हस्तान्तरण

आर्थिक पत्र
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ११ बबरमहलस्थित प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन केन्द्रीय विभाग, कीर्तिपुरलाई डिजिटल बोर्ड हस्तान्तरण गरेको छ।

    शिक्षा क्षेत्रमा आधुनिक प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यका साथ बैंकले विश्वविद्यालयलाई यो डिजिटल बोर्ड प्रदान गरेको हो। बैंकको यस सहयोगबाट विश्वविद्यालयको डिजिटल शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी, अन्तरक्रियात्मक तथा प्रविधिमैत्री बन्ने अपेक्षा गरिएको छ।

    उक्त डिजिटल बोर्ड हस्तान्तरण कार्यक्रममा प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख बजार व्यवस्थापक दिपेन्द्र बाबु बिष्ट र मार्केटिङ्ग म्यानेजर सबिन राणाको उपस्थिति रहेको थियो।

    त्यस्तै, त्रिभुवन विश्वविद्यालयको तर्फबाट व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रोफेसर भवानी शंकर आचार्य, डा. सुनिता भण्डारी तथा अन्य विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

    प्रभु बैंकले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ।

    ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथ गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्दै अघि बढिरहेको प्रभु बैंकले हाल नेपालभर रहेका आफ्ना ३०० शाखा कार्यालयहरू, २६५ एटीएम तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ एवं वित्तीय सेवा प्रदान गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार