Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

विश्वसनीयता र पारदर्शितामा शिखर इन्स्योरेन्स अब्बल, आईक्यानको गोल्ड अवार्डबाट सम्मानित

विश्वसनीयता र पारदर्शितामा शिखर इन्स्योरेन्स अब्बल, आईक्यानको गोल्ड अवार्डबाट सम्मानित

आर्थिक पत्र
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने  ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत निर्जीवन बीमा विधामा गोल्ड अवार्ड प्राप्त गरेको छ।

    images

    कम्पनीले वार्षिक प्रतिवेदनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार पारदर्शी, विश्वसनीय तथा प्रभावकारी ढंगले प्रस्तुत गरेबापत उक्त सम्मान प्राप्त गरेको हो। आईक्यानले प्रत्येक वर्ष वित्तीय पारदर्शिता, सुशासन, सूचना प्रकटीकरण, वित्तीय विवरणको गुणस्तर तथा वार्षिक प्रतिवेदनको समग्र प्रस्तुतिका आधारमा उत्कृष्ट संस्थाहरूलाई सम्मान गर्दै आएको छ।

    यस वर्षको ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कार–२०२५’ अन्तर्गत शिखर इन्स्योरेन्सले निर्जीवन बीमा विधामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पुरस्कार जित्न सफल भएको हो। उक्त पुरस्कार २०२६ जुन ३० मा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा प्रदान गरिएको थियो।

    कम्पनीका अनुसार यो सम्मानले शिखर इन्स्योरेन्सले अवलम्बन गर्दै आएको सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा अन्तर्राष्ट्रियस्तरको वित्तीय प्रतिवेदन प्रणालीप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ। साथै, यस उपलब्धिले लगानीकर्ता, बीमित, नियामक निकाय तथा अन्य सरोकारवालामाझ कम्पनीप्रतिको विश्वास अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

    कम्पनीले आगामी दिनमा पनि उच्चस्तरीय संस्थागत सुशासन, पारदर्शी वित्तीय प्रतिवेदन प्रणाली तथा गुणस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, १९९७ अन्तर्गत स्थापित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले वार्षिक रूपमा प्रदान गर्दै आएको ‘राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कार’ वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता तथा संस्थागत सुशासनको क्षेत्रमा नेपालको सबैभन्दा प्रतिष्ठित सम्मानमध्ये एक मानिन्छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार