Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

वित्तीय पारदर्शितामा आइएमई लाइफको उत्कृष्टता, आईक्यानबाट ब्रोन्ज अवार्ड

वित्तीय पारदर्शितामा आइएमई लाइफको उत्कृष्टता, आईक्यानबाट ब्रोन्ज अवार्ड

आर्थिक पत्र
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडर्ले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने  ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’  अन्तर्गत ब्रोन्ज अवार्ड प्राप्त गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का तथा प्रमुख वित्तीय अधिकृत जगत बोहराले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा वि.सं. २०८३ साल असार १६ गते काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहका बीच प्रतिष्ठित अर्वाड संयुक्त रूपमा ग्रहण गरे ।

    images

    आर्थिक वर्ष २०८१÷८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदनका मानहरू तथा अन्य लेखा मापदण्डहरूको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो। यस अवार्डले आईÞ.एम.ई लाइफले वित्तीय जवाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागतरुपमा आत्मसात गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गर्दछ ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खडकाले उक्त सम्मान सम्पूर्ण आइएमई लाइफ परिवारका लागि गर्वको विषय भएको उल्लेख गरे । साथै वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादन थप मजबुत गर्ने जिम्मेवारी प्रदान गरेको बताए । उनले यस सफलताका लागि मार्गदर्शन प्रदान गर्नुहुने सञ्चालक समिति, कम्पनीप्रति विश्वास व्यक्त गरी आबद्ध हुनुहुने बीमित ग्राहकहरू, कम्पनीको सफलताका मेरुदण्डका रूपमा रहनुभएका अभिकर्ताहरू, समर्पित कर्मचारीहरू,सम्माननीय शेयरधनीहरू,नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरे ।

    त्यसैगरी, कम्पनीले यसै वर्ष वित्तीय स्थायित्व, सुदृढ बजार स्थिति तथा वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमताका आधारमा केयर रेटिङ नेपालबाट ’ ए माइनस’ क्रेडिट रेटिङ प्राप्त गर्ने जीवन बीमा कम्पनीका रूपमा समेत आफूलाई स्थापित गरेको छ। नेपालका सबैजसो जिल्लामा फैलिएको १६० वटा शाखा तथा उपशाखा, देशभर फैलिएका ३५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जाल, सुदृढ संस्थागत सुशासन तथा वित्तीय पारदर्शिताका साथै आईÞ.एम.ई लाइफ “ भविष्य सुनिश्चित गर्दै“ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै निरन्तर अगाडि बढिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार