Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सानिगाड र कालंगा हाइड्रोको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति?

सानिगाड र कालंगा हाइड्रोको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति?

आर्थिक पत्र
बुधवार, आषाढ १७ २०८३
  • काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सानिगाड हाइड्रो लिमिटेड र कालंगा हाइड्रो लिमिटेडको आईपीओ सूचीकृत भएको छ।

    सानिगाड हाइड्रोको कुल २ करोड ५८ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो। जसमध्ये सर्वसाधारणलाई आईपीओ मार्फत बिक्री गरिएको ८५ लाख ५० हजार कित्ता (३० प्रतिशत) र कम्पनीका संस्थापक शेयरधनीले लगानी गरेको १ करोड ९९ लाख ५० हजार कित्ता शेयर (७० प्रतिशत) सूचीकृत भएको हो।

    यता कालंगा हाइड्रोको कुल १ करोड ४० लाख कित्ता साधारण शेयर सूचीकृत भएको छ। जसमध्ये आईपीओ मार्फत सर्वसाधारणलाई बिक्री गरिएको ४९ लाख कित्ता (३५ प्रतिशत) र कम्पनीका संस्थापक शेयरधनीले लगानी गरेको ९१ लाख कित्ता शेयर (६५ प्रतिशत) रहेको छ।

    सानिगाड हाइड्रोको आईपीओ (SGHL) सिम्बलबाट कारोबारमा आउनेछ भने कालंगा हाइड्रोको (KAHL) सिम्बलबाट कारोबारमा आउनेछ। प्रथम कारोबारका लागि नेप्सेले सानिगाड हाइड्रोलाई न्यूनतम प्रतिकित्ता १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म र कालंगा हाइड्रोलाई प्रतिकित्ता न्यूनतम ९८.५६ रुपैयाँदेखि अधिकतम २९५.६८ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ। भोलि बिहीबारदेखि यी कम्पनीको शेयर कारोबारमा आउनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार