काठमाडौं । बिहीबारको प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.६५ अंकले बढेर २६५९.५८ विन्दुमा पुगेको छ।
अघिल्लो कारोबार दिन बुधबार नेप्से ४४.५९ अंकले बढ्दै २६५२.९३ विन्दुमा बन्द भएको थियो। त्यसको निरन्तरतास्वरूप बिहीबारको प्रि–ओपन सेसनमा पनि बजारले सकारात्मक सुरुआत गरेको हो।
यस अवधिमा सेन्सेटिभ इन्डेक्स पनि १.३१ अंकले वृद्धि भएको छ।
प्रि–ओपन सेसनमा ४८ वटा कम्पनीको ७८ पटक कारोबार हुँदा २३ लाख ९० हजार ६३७ रुपैयाँ बराबरको ५ हजार ८८ कित्ता शेयर किनबेच भएको छ।
कारोबार भएका कम्पनीमध्ये २४ वटा कम्पनीको शेयर मूल्य बढेको, १९ वटा कम्पनीको घटेको तथा ५ वटा कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।
प्रि–ओपन सेसनको सकारात्मक संकेतसँगै नियमित कारोबारमा पनि लगानीकर्ताको ध्यान बजारको थप दिशातर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ।

