Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपाली बजारमा सुन र चाँदीकै मूल्यमा गिरावट, कतिमा हुँदै छ कारोबार?

नेपाली बजारमा सुन र चाँदीकै मूल्यमा गिरावट, कतिमा हुँदै छ कारोबार?

आर्थिक पत्र
बुधवार, आषाढ २४ २०८३
  • काठमाडाैं। नेपाली सुनचाँदी बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ।

    यो गिरावटसँगै आज छापावाल सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भई कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्य तोलामा २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४६ हजार १४० रुपैयाँ कायम भएको छ।

    सुनसँगै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला ४ हजार ५५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

    अन्तर्राष्ट्रिय बजारमा भुक्तानी सन्तुलन र बहुमूल्य धातुको मागमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य समायोजन गरिएको महासंघले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार