काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड ले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत धनगढीमा सञ्चालन हुने विद्यार्थीका लागि ‘मिड–डे मील’ (दिवा खाजा) कार्यक्रमलाई आर्थिक सहयोग गरेको छ।
बैंकले फुड फर लाइफ नेपाल मार्फत धनगढीमा सञ्चालन हुने उक्त कार्यक्रमका लागि सहयोग उपलब्ध गराएको जनाएको छ।
कार्यक्रमअन्तर्गत केन्द्रीय भान्सा प्रणालीमार्फत धनगढीस्थित सरकारी विद्यालयमा अध्ययनरत करिब ५ हजार विद्यार्थीलाई स्वच्छ, पौष्टिक र सन्तुलित दिवा खाजा उपलब्ध गराइनेछ।
विशेषगरी आर्थिक रूपमा विपन्न परिवारका विद्यार्थीको पोषण सुधार, विद्यालयमा नियमित उपस्थिति वृद्धि तथा शिक्षामा निरन्तरताका लागि कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने बैंकले जनाएको छ।
मुक्तिनाथ विकास बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा प्रभावकारी सीएसआर कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समाजको दिगो विकासमा योगदान पुर्याउने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

