Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

एकैदिन ट्राफिक कारवाहीबाट साढे १८ लाख जरिवाना संकलन

एकैदिन ट्राफिक कारवाहीबाट साढे १८ लाख जरिवाना संकलन

आर्थिक पत्र
बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौं । काठमाडौं उपत्यकामा हिजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म गरिएको चौबीस घण्टे ट्राफिक कारवाहीबाट १८ लाख ६० हजार ३० रुपैयाँ जरिवाना संकलन भएको छ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २ हजार ६६ जना चालकलाई कारवाही गर्दा उक्त जरिवाना उठेको हो। मापसेमा ६५, राइड शेयरिङमा १२२, रेड लाइटमा १२०, ओभर स्पीडमा ११४, लेनमा १४२, फुटपाथमा १०३, नो हर्नमा ७४, वन वेमाम ८९ र अन्यमा १ हजार २३७ जना चालक कारवाहीमा परेका हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार