Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अप्पर लोहोरे खोला हाइड्रोपावरको साढे २८ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

अप्पर लोहोरे खोला हाइड्रोपावरको साढे २८ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

आर्थिक पत्र
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको २८ लाख ४६ हजार ५२५ कित्ता शेयरको लकइन अवधि साउन २८ गतेबाट सकिने भएको छ।

    कम्पनीको संस्थापक शेयरधनीहरूको २६ लाख कित्ता, स्थानीय बासिन्दाहरूलाई बाँडफाँड गरिएको २ लाख ६ हजार ७६० कित्ता र कर्मचारीहरूलाई बाँडफाँड गरिएको ३९ हजार ७६५ कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।

    कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ६ महीनासम्म सामूहिक लगानी कोषतर्फको शेयर र तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीतर्फको शेयर लकइनमा राख्नुपर्ने प्रावधान छ।

    लकइन अवधि सकिएपछि उक्त शेयरहरू किनबेच गर्न सकिनेछ। यद्यपि सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने शेयर निमानुसार रोक्का नै रहने कम्पनीले स्पष्ट पारेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार