Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेपाल राष्ट्र बैंकले बजारबाट ६० अर्ब निक्षेप संकलन गर्ने

नेपाल राष्ट्र बैंकले बजारबाट ६० अर्ब निक्षेप संकलन गर्ने

आर्थिक पत्र
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडाैं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्ने उद्देश्यले बजारबाट ६० अर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ।

    राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले एक सूचना जारी गर्दै १९ दिनको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो।

    यस प्रक्रियाका लागि बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत आवेदन दिन सक्नेछन्।

    आजै निष्कासन गरिने यस निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी असोज २३ गते भुक्तानी गरिने केन्द्रीय बैंकले जनाएको छ। यसको ब्याजदर भने बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ।

    यस बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

    राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र भाग लिन पाउनेछन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार