Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

नेप्से निरन्तर ओरालो यात्रामा

नेप्से निरन्तर ओरालो यात्रामा

आर्थिक पत्र
शुक्रवार, आषाढ २६ २०८३
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.३१ अंकले घटेको छ।

    अघिल्लो कारोबार दिन बिहीबार १९.६७ अंकले घटेर २६०१.९२ विन्दुमा बन्द भएको नेप्से शुक्रबार प्रि–ओपन सेसनमा थप ५.३१ अंकले ओरालो लाग्दै २५९६.६० विन्दुमा पुगेको हो। यस अवधिमा सेन्सेटिभ परिसूचक पनि ०.७९ अंकले घटेको छ।

    प्रि–ओपन सेसनमा ४४ वटा कम्पनीको ६६ पटक कारोबार हुँदा १० लाख ७१ हजार ८६१ रुपैयाँ बराबरका २ हजार ४१३ कित्ता शेयर किनबेच भएका छन्।

    कारोबार भएका कम्पनीमध्ये १३ वटाको शेयर मूल्य बढेको, २९ वटाको घटेको तथा २ वटाको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

    प्रि–ओपन सेसनको कारोबारले बजार खुल्नुअघि लगानीकर्ताको प्रारम्भिक मनोविज्ञान झल्काउने भएकाले मुख्य कारोबारमा यसको प्रभाव रहने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार