Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

काठमाडौँकाे थप २ स्थान लामिनारको ‘एम्पोरियो’ शोरुम

काठमाडौँकाे थप २ स्थान लामिनारको ‘एम्पोरियो’ शोरुम

आर्थिक पत्र
सोमवार, आषाढ २९ २०८३
  • काठमाडौँ । नेपालको फुल्ली भिट्रिफाइड टाइल ब्रान्ड लामिनारले काठमाडौँ उपत्यकाभित्र थप दुई स्थानमा एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ।

    लामिनारले काठमाडौँको शङ्खरापुर नगरपालिका, साँखुस्थित सुपर सप्लायर्स प्रालि र गोकर्णेश्वर नगरपालिका, जाम्बु डाँडास्थित बंसल टाइल्स एन्ड ग्रेनाइट हबसँगको सहकार्यमा यी दुई नयाँ शोरुमहरू सुरु गरेको हो। 

    बर्दियामा रहेको कारखानाबाट उत्पादित लामिनार टाइल्सहरू फुल्ली भिट्रिफाइड टाइल्स (NS 617, फुल्ली भिट्रिफाइड) हुन्। निकै कम पानी सोस्ने र बढी मजबुत हुने भएकाले यी टाइल्सहरू घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक एवं सार्वजनिक स्थलहरूमा प्रयोगका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। लामिनार शोरुमहरूमा फुल-बडी (Cento), एन्टिब्याक्टेरियल सर्फेस (GermSafe®) र हाइ-ग्लोस टाइल्ससहित ५०० भन्दा बढी डिजाइनका टाइल्सहरू उपलब्ध छन्।

    यी शोरुमहरू विशेष गरी घरधनी, ठेकेदार, आर्किटेक्ट र संस्थागत ग्राहकहरूलाई लक्षित गरी निर्माण गरिएका हुन्। शोरुममा टाइल छनोट गर्दा कुन प्रयोजनका लागि कस्तो प्रकारको टाइल उपयुक्त हुन्छ भनेर परामर्श दिने कार्यलाई पनि प्राथमिकता दिइएको छ। लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरीवालले भने,'लामिनारका शोरुमहरूले ग्राहकलाई टाइल्स राम्रोसँग हेर्न, गुणस्तर पहिचान गर्न र आफ्नो आवश्यकता अनुसार छनोट गर्न मद्दत गर्दछन्। अब टाइलको छनोट डिजाइनका आधारमा मात्र नभई यसको उपयोगिताका आधारमा पनि गर्न सकिन्छ।'

    त्यसैगरी, सुपर सप्लायर्स प्रालिका अध्यक्ष भँवर लाल बिश्नोईले भने, 'आजकल ग्राहकहरू टाइल किन्दा डिजाइन मात्र हेर्दैनन्। यो कत्तिको टिकाउ छ र सफा गर्न कत्तिको सजिलो छ भन्ने कुरा पनि हेर्न थालेका छन्।' 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार