Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

अर्थ समितिले आज बीमा प्राधिकरणसँग बीमाको बिषयमा छलफल गर्ने, यस्ता छन् मुख्य चार बुँदा

अर्थ समितिले आज बीमा प्राधिकरणसँग बीमाको बिषयमा छलफल गर्ने, यस्ता छन् मुख्य चार बुँदा

आर्थिक पत्र
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौं । संङ्घीय संसद, प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आज बीमा प्राधिकरणसँग छलफल गर्ने भएको छ ।बीमा क्षेत्रका बिषय नै तोकेर र केही विषयहरूमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलसँग बिहान छलफल गर्ने भएको हो ।

    समितिले आ.व. ०८२/८३ मा नेपाल बीमा प्राधिकारणबाट भएगरेका मुख्य–मुख्य कामकारवाही, बीमा क्षेत्रको नियमनमा रहेका नीतिगत एवं कार्यगत समस्या एवं चुनौतीहरूका सम्बन्ध र बीमित हित संरक्षण एवं बीमा व्यवसायको जोखिम न्यूनीकरणका सम्बन्धमा भएका प्रयासहरूको बिषयमा जानकारी लिने भएको छ ।

    नेपाल सरकारको स्वामित्वमा रहेका बीमा संस्थान कम्पनीको ३ वर्षको कार्यसम्पादन स्थिति र उच्च कार्यसम्पादनको लागि बीमा प्राधिकरणको पहलकदमी बिषयमा पनि सोधिने भएको छ ।
    यसबाहेक सरकारी स्वामित्वमा रहेका राष्ट्रिय जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनीको पछिल्लो ३ वर्षको कार्यसम्पादन स्थिति र उच्च कार्यसम्पादनको लागि बीमा प्राधिकरणबाट भएको नियामकीय पहलबारे पनि समितिले चासो राख्ने भएको छ।

    सरकारले हिमालयन रिइन्स्योरेन्सका सञ्चालक तथा प्रवद्र्धकहरूसहित ७ वटा बीमा कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरू विरूद्ध कारवाहीका लागि हालै दायर गरेको फौजदारी अभियोगको मुद्दा चलाएको छ। अन्य निकायले अनुसन्धानका क्रममा गडबडी फेला पारेपछि मात्र बीमा प्राधिकरणले अनुसन्धानमा चासो देखाएको भन्दै प्राधिकरणको नियामकीय क्षमतामा नै चौतर्फी प्रश्न उठेको छ। यी बिषयमा समेत अर्थसमितिले प्राधिकरणलाई सोध्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार