Logo

Oct 27 2026

Oct 27 2026 | २०८३ कार्तिक ११ गते

images

साइबर सुरक्षा जोखिमपछि खुले सरकारी वेबसाइट, एक हजार सेवा पुनः सञ्चालनमा

साइबर सुरक्षा जोखिमपछि खुले सरकारी वेबसाइट, एक हजार सेवा पुनः सञ्चालनमा

आर्थिक पत्र
सोमवार, कार्तिक १० २०८३
  • काठमाडौं । पीएचपी प्रविधिमा देखिएको सुरक्षा जोखिमका कारण बन्द गरिएका सरकारी वेबसाइट तथा अनलाइन सेवाहरू पुनः सञ्चालनमा आएका छन्। सुरक्षा जोखिम न्यूनीकरणका लागि आवश्यक प्राविधिक सुधार तथा परीक्षण पूरा भएपछि सरकारी निकायका वेबसाइट र अनलाइन सेवा सञ्चालनमा ल्याइएको हो।

    images

    नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, भन्सार विभाग र भेहिकल ट्रयाकिङ सिस्टम (भीटीएस) लगायतका प्रमुख सरकारी तथा वित्तीय निकायका वेबसाइट कात्तिक ५ गतेदेखि बन्द थिए।

    सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले आइतबार सूचना जारी गर्दै सुरक्षा प्याच जडान र आवश्यक परीक्षण सम्पन्न भएपछि करिब एक हजार सरकारी वेबसाइट तथा अनलाइन सेवा सामान्य अवस्थामा फर्किएको जनाएको छ।

    केन्द्रका अनुसार सञ्चालनमा आउन बाँकी रहेका अन्य सेवाहरू पनि छिट्टै पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। बाँकी सेवाहरूलाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउन प्राविधिक टोली निरन्तर खटिरहेको केन्द्रले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार