Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

सुन र चाँदी मूल्य निरन्तर घट्दै, कतिमा हुँदैछ कारोबार ?

सुन र चाँदी मूल्य निरन्तर घट्दै, कतिमा हुँदैछ कारोबार ?

आर्थिक पत्र
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ । यस दिन सुन प्रतितोला एक हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको छ। सोमबार सुन प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्य निरन्तर गिरावट आएको हो।

    त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार